Monday, February 26, 2018

सपना सिंह ठकुरीले मायाले जहर खनायो गीत बजारमा ..

नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन । गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो निमार्ण भएको छ । मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन ।

श्रीयसी चेम्जोङको आवाजमा रहेको (मायाले जहर खनायो) बोलको गीतमा शब्द संगित खेम सारु मगरको रहेको निर्देशन कपिल लामाले गर्नु भएकोछ भने इडिटिङमा दिपक बिष्टले गर्नु भएको छ। गीतको अडीयो लाङगाली म्युजिक प्रा.लि र भिडियो गोरखा डिजिटल म्युजिक प्रा.लि ले निमार्ण गरेको हो । नाच गानमा रुचि राख्ने नेपालगञ्जको बाकेमा जन्मिएकी श्याम नन्द सिंह ठकुरीको छोरी कलाकारिता सगै उनले इन्डिया बाट ब्याचलर पास गरेकी छिन् ।

एक कार्यक्रममा बोल्दै ठकुरीले आफु अभिनय क्षेत्रमा करीब ७ बर्ष अघि देखी लागेको र अहिले सम्म करीब ३ दजर्न म्युजिक भिडियो र केहि फिल्ममा समेत अभिनय गरिसकेको बताइन । नेपाल टेलिभिजन बाट प्रसारित छमछमीमा आफ्नो प्रस्तुति देखाउने अवसर प्राप्त भएपछि सबैको हौसला पश्चात मोडलीङ क्षेत्रमा आएको बताइन ।

पारीवारिक पृष्ठभुमी पनि गीत संगित र अभिनय क्षेत्रमानै रहेकोले यस क्षेत्रमा काम गर्न आफुलाई सहज रहेको उल्लेख गर्दै सुरुमा बिन्दाबासिनी म्युजिक प्रा. लि बाट काम गरेको र अहिले गोरखा डिजिटल प्रा.लि बाट काम गरीरहेको बताइन ।

अहिले उनी निर्मीत तथा अभिनित फिल्म अफिसर चैत २ गते चल्ने तयारी भए सगै फिल्मको प्रमोसनमा लागेकी छिन सपना सिंह ठकुरी ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...