Thursday, February 8, 2018

प्रजातन्त्र दिवस मनाएर सरकारबाट बिदा हुन्छौं : कानुनमन्त्री

काठमाडौं, माघ २५ । कानुमन्त्री यज्ञबहादुर थापाले आगामी फागुन ७ गतेभित्र प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री थापाले प्रजातन्त्र दिवस मनाएर आफूहरु सरकारबाट बिदा हुने बताए ।

उनले अब बस्ने मन्त्रिपरिषदको बैठकमा राष्ट्रियसभा सदस्यका लागि तीनजनाको नाम सिफारिस गर्नेबारे छलफल हुने बताए ।

राष्ट्रियसभा सदस्यका लागि नाम चयन गर्दा साझा व्यक्तित्व र योग्यता पुगेका व्यक्तिहरुलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

कार्यक्रममा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले फागुन १५ गतेसम्म केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे ।

उनले केही ढिलै भएपनि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने र अध्यक्ष पुष्पकमल दाहाल नै हुने जिकिर गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...