Sunday, February 4, 2018

प्रकाश खप्तरी मगरको शब्द सिर्जनामा “चोली तुनाले ”को भिडियो सार्वजनिक

काठमान्डाँ , माघ २०
नेपाली लोकदोहोरी गितको क्षेत्रमा योग्दान पुयाउनको लागी नयाँ सर्जक तथा प्रतिभावान कलाकारको आगमन निरन्तर रुपमा भैरहेको छ । यसै क्रममा प्रकाश खप्तरी मगरको शब्द सिर्जनामा “चोली तुनाले ”को भिडियो म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।नेपाली गाउँघरका मौलिक भाकालाई गितमा समेटने प्रयास गरिएको छ । मायाको अभावमा संसार नै बेग्लै भएको महसुस गायक अविरल सारु मगरले गरेका छन । गितमा सुमधुर आवाजकी धनि गायिका देवि धर्ति र अविरल सारु मगरको  माया प्रेमका वियोगान्त भावहरुलाई गितमा सुन्न र हेर्न पाइन्छ । गितको भिडियोमा करिष्मा ढकाल र प्रकाश सपुतको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा गितको भिडियो निमार्ण गरिएको हो ।
 हेर्नुहोस भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...