Monday, February 19, 2018

आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न : नेता नेपाल

गौर, रौतहट, ७ फागुन : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताउनुभएको छ ।
पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उहाँले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताउनुभएको हो ।

रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग आज कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताउनुभयो । नेता नेपालले पार्टी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आए पनि दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गर्नुभयो । नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उहाँको भनाइ थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...