Sunday, February 4, 2018

त्रिपाठीलाई सम्मान तथा माया, मणी र मोहनलाई पुरस्कार प्रदान गरिने

४ फरवरी, वाशिंटन डिसी,
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा विगत दश वर्षदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको अमूल्य राष्ट्रिय  कलाश्री सम्मान २०७४ भाषासाहित्यका अथक साधक डा. वासुदेव त्रिपाठीलाई समर्पण गर्ने निर्णय भएको छ । त्यस्तै रु.  एक लाख राशिको राष्ट्रिय कलाश्री पुरस्कार माया ठकुरीलाई, रु पचास हजार राशिको स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार स्रष्टा मणि लोहनीलाई र रु. पच्चीस हजार राशिको बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साधक पत्रकार मोहन दुवाललाई प्रदान गर्ने निर्णय भएको छ !
नेपाली साहित्यको कविता तथा निब‍न्ध विधामा सशक्त हस्ताक्षर मोमिलाको नेतृत्व तथा सुझवुझमा प्रतिष्ठानले साहित्यिक कृयाकलाप, प्रकाशन तथा विविध साहित्यिक गतिविधि गर्दै आएको छ ।
(www.vpkonlinenews.com सँग सहकार्य)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...