Monday, February 26, 2018

साहित्यकार मित्रलाई एक महिनामै चार सम्मान

रौतहट÷रौतहटमा कार्यरत साहित्यकार तथा पत्रकार सञ्जय मित्रलाई एक महिनामा चारवटा सम्मान प्राप्त भएको छ । रौतहटका तीनवटा नगरपालिका र प्रदेश ३ को एउटा अनलाइनले एक गरी चारवटा संस्थाले मित्रलाई एक महिनामै सम्मानित गरेका छन् ।
बज्जिका र नेपाली भाषाको साहित्यमा कलम चलाउँदै आएका मित्रले पत्रकारिता क्षेत्रमा पनि निरन्तर सक्रियता देखाएका छन् । बज्जिका भाषाको क्षेत्रमा विशेष योगदान दिएको भन्दै रौतहटको गढीमाई नगरपालिका र गरुडा नगरपालिकाके मित्रलाई सम्मानित गरेका छन् भने पत्रकारिता क्षेत्रमा विशेष योगदान दिएको भन्दै मौलापुर नगरपालिका र प्रदेश ३ को हेटौँडाबाट सञ्चालित तु–खबर डटकमले सम्मानित गरेका छन् ।

मौलापुर नगरपालिकाद्वारा प्रदत्त सम्मानपत्रमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रदेश २ को एकमात्र महिला मेयर रिनाकुमारी साहको हस्ताक्षर रहेका छन् भने तु–खबर डटकमद्वारा प्रदत्त कदरपत्रमा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेल र अनलाइनका प्रधान सम्पादक गिरिजा अधिकारीको हस्ताक्षर रहेको छ ।
सम्मानले आफूमाथि जिम्मेवारी थपिएको अनुभूति हुने गरेको मित्रले प्रतिक्रिया दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...