Wednesday, February 21, 2018

डेढ करोड कर्जा लिई ठगी गर्ने पक्राउ

काठमाडौँ, ९ फागुन: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ ।

ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुच्छ«े बैँक, पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा उच्च अदालत पाटनबाट सात दिनको म्याद थप भई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आजदेखि अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...