Friday, February 23, 2018

कोलोराडोमा होली खेलिने

नातिबाब भट्ट
फेबु्रअरी २२,२०१८

कोलोराडो, अमेरीका
कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली कार्यक्रम आयोजना गर्ने भएका छन् ।

नेपालीहरुको साझा संस्था नेपाली घरले सधैं झैं यस बर्षपनि आगामी मार्च ३ तारिक सनीबारका दिन दिउसो १२ बजे देखी २ बजे सम्म ब्राईटन स्थित सनातन मन्दिरमा होली कार्यक्रम भब्यताका साथ आयोजना गरिने अध्यक्ष लक्षुमण रानाले बताएका हुन् ।
अध्यक्ष रानाले कोलोराडो स्थित सबै संस्थाका प्रतिनीधी, गन्यमान्य, ब्यवसायी, पत्रकार, कर्मचारी तथा सर्वसाधारण बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाल र नेपालीको संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई कार्यक्रममा उपस्थित भई एक आपसमा होली खेली संस्कृती र परंपराको जगेर्ना गर्न सबैलाई अनुरोध गरेका छन् ।
असत्य माथी सत्यको र अधर्म माथी धर्मको बिजय प्रतिकको रुपमा मानाईने होली नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा सुरु भएको मानिन्छ ।

दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आङ्खना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्र≈माबाट आगोले छुन नसक्ने बरदान पाएकी आङ्खनी बहिनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु सास्त्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आङ्खनो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...