Saturday, February 3, 2018

प्रमोद कोइरालाको भ्यालेन्टाइन कोशेली ‘के हो तिम्रो नाँउ’ (भिडियो)

 

काठमाडौं – नेपाली आधुनिक गीत ‘के हो तिम्रो नाँउ’को भिडियो सार्वजनिक भएको छ । सुमधुर आबाजका धनी प्रमोद कोइराला तथा अंजली सुनामको युगल स्वर रहेको ‘के हो तिम्रो नाँउ’ मा शब्द तथा संगीत उनै गायक प्रमोद कोइरालाको रहेको छ ।

त्यस्तै शैलेन्द्र प्रधान ‘बाबु’ को उक्त गीतमा एरेन्ज रहेको छ । यो गीतमा मोडल नयन र पुनमको फिचरिङ रहेको छ । केदार धितालको निर्देशन रहेको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । निशान घिमिरेको सम्पादन रहेको यो म्युजीक भिडियोमा मेकअप आर्टिष्टको भूमिका शोभा श्रेष्ठले निभाएकी छिन् ।

गीतको म्युजीक भिडियो छायांकनको लोकेसन निकै लोभलाग्दो चयन गरिएको छ । छायाँकार दाहाल र निर्देशक धितालले लोकेसन तथा फ्रेमिङमा निकै मिहिनेत गरेका छन् । त्यस्तै मोडलहरुको भेषभुषमा समेत निकै ध्यान दिएको देखिन्छ । मनमोहक दृश्यमा कलाकारहरुको अभिनय पनि अब्बल रहेको देखिन्छ ।

हेर्नुस भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...