Wednesday, February 28, 2018

कांग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा

काठमाडौं, फागुन १५ । नेपाली कांग्रेस संसदीय दल निर्वाचन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेको छ ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसदको बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको कांग्रेसका नेता तथा समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

समितिले संसदीय दलको नेता चयनका लागि औपचारिकरुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने तयारी गरेको छ ।

समितिको संयोजकमा श्रेष्ठ तथा सदस्यमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्वे छन् ।

मंगलबारको बैठकले समितिका सदस्यसचिवमा केशव रिजाललाई राख्ने तय गरेको छ ।

दलको नेताका लागि सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम बाहिर आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...