Wednesday, March 28, 2018

एनआरएन टक एपिसोड -१


दश लाख रुपैयाँ खर्च गरेर नेपालीहरुको पोल्याण्ड मोह ! एनआरएन टक-अंक १
१० देखि १५ लाख रुपैयाँसम्म खर्च गरेर युरोपेली मुलुक पोल्याण्ड आउने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ।

म्यानपावर कम्पनि तथा बिचौलियालाई मोटो रकम बुझाएर पोल्याण्ड आउँनेको संख्या बढिरहेको हो। पोल्याण्डमा रोजगारीका लागि म्यानपावर कम्पनी मार्फत् श्रम स्वीकृति लिएर निकै न्यून रकम तिरेर कामदारहरु आउँन सक्ने प्राबधान भए पनि त्यसो हुन सकिरहेको छैन।

युरोप छिर्ने माध्यम बनेको पोल्याण्डको नाममा नेपालीहरु दिनप्रतिदिन ठगीएका छन्। एनआरएन टकको पहिलो भागमा पोल्याण्डको बास्तबिकता बारे बुझ्ने कोशिस गरेका छौ।

बिगत ३ दशक देखि पोल्याण्ड बस्दै आएका गैर आबासीय नेपाली संघ पोल्याण्डका संस्थापक अध्यक्ष तथा आईसीसी सदस्य डा. बोधराज सुबेदी तथा एनआरएनएन पोल्याण्डका निबर्तमान उपाध्यक्ष मित्रलाल पार्देसँग हामीले कुराकानी गरेका छौ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...