Monday, March 26, 2018

बन्दुकधारीबाट बच्न पेनसेलभेनियाको एक बिद्यालयले नदी को ढुंगा प्रयोग गर्ने

 

अमेरिकाको पेनसेलभेनिया राज्यको एक बिद्यालयले बिद्यालय हाता भित्र पसेर अन्धाधुन्ध गोली चलाई बिद्यार्थीहरुलाई हत्या गर्ने क्रम बढ्दै गरेको अवस्थामा उक्त बिद्यालयले बन्दुकधारीबाट बच्न नदीको ढुंगा प्रयोग गर्ने जनाएको छ ।

उक्त बिद्यालयले अनौठो उपाय निकालेको छ । चौतर्फी शिक्षक तथा बिधार्थीलाई बन्दुक दिने चर्चा परिचर्चा चलि रहेको बेलामा उक्त बिद्यालयले उक्त जुक्ति निकाएको छ ।

ब्लु माउन्टेन बिद्यालय ले नदी का ढुंगा बाल्टी भरि राखी कक्षा कोठामा राखी बन्दुकधारी बाट बच्ने उपाय निकालेको हो । स्कुलकिल काउन्टी को उक्त बिद्यालयका अधिक्षक डेविड हेल्सेलले उक्त कुरा भनेका हुन् ।

अमेरिकाको गाउँ स्तरका बिद्यालयमा बन्दुक चलेको अवस्थामा बिद्यालय खाली गर्न नसकिने भएकोले उनीहरु बस्ने र पर्खने मात्र नगरी कोही घोप्टो हुने ,मूनि डेस्क मुनि लुक्ने हुँदा यी सवै निस्कृय हुनाले अधिक्षक हेलसेल भन्छन ,बिधार्थीहरुलाई सशक्तिकरण को लागि आफनो बचाऊ गर्ने हामीले निर्णय गरेको बताएका छन् ।

अधिक्षक प्र हेलसेलले कक्षा कोठामा नदीको ढुंगा ल्याउने र गोली हान्नेको बिरुद्धमा बिशेष तालिम प्राप्त गर्ने बताएका छन् । चनाखो हुने ,कोठा बन्द गर्ने ,सूचना दिने ,प्रतिकार गर्ने र कक्षा कोठा खाली गर्ने कुरा भनेको समाचार सीएनएन ले लेखेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...