Thursday, March 1, 2018

टुडिखेलमा हुने बिश्व किर्तिमान कार्यक्रममा प्रधान मन्त्रि केपी ओली प्रमुख अतिथि ,तयारी लगभग पूरा

विश्व कीर्तिमान परिषद् नेपालको पहलमा आयोजना हुने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने बिषयमा गरिने बिश्व किर्तिमान कार्यक्रममा प्रधान मन्त्रि केपी ओली प्रमुख अतिथि हुनु हुने भएको छ । आगामी फाल्गुन १९ गते शनिबार बिहान ११ बजे देखि सुरु हुने उक्त कार्यक्रमको तयारी लगभग पुरा भएको आयोजकले जनाएका छन् ।

उक्त ऐतिहासिक कार्यक्रममा बौद्ध दर्शनमा आधारित बुद्धवचनलाई ७५ हजार नेपालीले एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन पहल शुरु भएको छ । बौद्ध दर्शन अन्तर्राष्ट्रिय तहमा थप फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश सहित आगामी फागुन १९ गते टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन गरिन लागेको हो । 

विश्व कीर्तिमान परिषद् नेपालले विभिन्न संघसंस्था र प्रतिनिधिसँगको सहकार्य र समन्वयमा पहिलो पटक हुने यस प्रकारको अभियानमा धम्मपदका श्लोकलाई बुद्धवचनका रुपमा पाठ गरिने छ ।

बौद्ध साहित्यका ग्रन्थहरुमध्ये अभिधम्म अन्तर्गत धम्मपद एक महत्वपूर्ण कृति हो । बौद्ध ग्रन्थ त्रिपिटकमा सुत्र, विनय र अभिधम्म पर्दछन् ।

अखिल नेपाल भिक्षु महासंघले समग्र धम्मपदलाई समेट्ने गरी प्रत्येक वर्गको प्रतिनिधित्व हुने गरी २६ श्लोक नेपाली, अंग्रेजी र पाली भाषामा उपलब्ध गराएको छ । संस्कृत, पाली, अंग्रेजी, हिन्दी, मराठी, जापानी, थाई, सिंहाली, भियतनामीलगायत विश्वका धेरै भाषामा यो धम्मपद अनुवाद भएको छ ।

महासंघका महासचिव भिक्षु कौडण्यले बुद्धको विचारले अन्तर्राष्ट्रिय तहमा धेरै मानिसलाई आकर्षित गरिरहेको अवस्थामा बुद्ध नेपालमा जन्मेको होइन भनी सुनियोजित तरिकाबाट भ्रम फैलाउनेलाई उक्त कार्यक्रमबाट सद्बुद्धि प्राप्त हुने विश्वास गरिएको छ ।

आयोजक संस्थाले कार्यक्रममा सहभागी हुन निःशुल्क पासको वितरण गरिरहेको छ भने १४ वर्ष माथिका विद्यार्थीलाई मात्र सहभागी गराउने जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...