Sunday, March 4, 2018

सीमा अतिक्रमण रोक्न गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, २० फागुन:ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय पक्षबाट नेपालको सीमा मिचिएको भन्दै त्यसलाई रोक्न गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा आएको समूहले आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय भारतले दार्चुलामा करिब ४०० वर्ग किमी नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।

ब्यास गाउँपालिकास्थित महाकाली नदीको सीमा क्षेत्रमा नेपालको अनुमतिबिनै भारतीय पक्षले १५० मिटर बाटो बनाएको, दुई किमी पैदल मार्ग बनाएको, अस्थायी पुल बनाएको ज्ञापनपत्रमा उल्लेख छ ।

सुगौली सन्धिले निर्धारित गरेको नेपाल र भारतबीचको पश्चिमी सिमाना महाकाली नदी हो भन्ने तथ्यलाई अस्वीकार गरी भारतीय पक्षले महाकाली नदी पूर्व प्रवेश गर्नु अवैध रहेको मोर्चाको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले सीमा सुरक्षाका विषयमा सरकार गम्भीर रहेको भन्दै यो विषयमा जानकारी लिने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts