
काठमाडौँ । मोडल तथा बडिबिल्डर संजय राजबिक्रम पछिल्लो समय म्युजिक भिडियो, बडिबिल्डिङ सो तथा तथा आफ्नो नियमित कार्य पेशाहरुमा ब्यस्त बन्दै आएका छन् । छोटोसमयमानै आफ्नो सुगठित शरीर तथा चक्लेटि अनुहार तथा कुशल अभिनयको कारणले गर्दा लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल मोडल संजय राज बिक्रम अहिले सबैको रोजाईमापर्दैआएका चल्तीका मोडल हुन ।
विभिन्न म्युजिक भिडियोहरुको निर्देशन गर्दै आएका निर्देशक समेत रहेका मोडल संजय फरक फरक सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भुमिका समेत निर्बाह गर्दै आएका छन l र्याममोडलिङहरुमा समेत आफ्नो बाक्लो उपस्थिति देखाउदै आएका मोडल संजयले आधा दर्जन भन्दा बेसी म्युजिक भिडियोहरुमा कुशल अभिनय प्रस्तुत गरि सकेका छन l बहुप्रतिभाका धनिमोडल संजयले विभिन्न ईभेण्ट अर्गनाइज गरेर अन्य धेरैलाई सुनौलो तथा नया नया अवसर प्रदान गर्दै आएका छन l

काठमाडौँका स्थायी बासिन्दा मोडल तथा बडिबिल्डर संजय राजबिक्रम बिगत केहि बर्ष देखि मोडलिङ क्षेत्रमा सक्रिय भएर काम गर्दै आएका चिर परिचित मोडल हुन l उनि मोडलिङ, बडिबिल्डरको साथमा समाज सेवामा समेत त्यतिकै सक्रिय रहेका छन । राष्ट्रिय तथा अन्तराष्ट्रिय बडिबिल्डिङ प्रतियोगिताहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल तथा विभिन्न अवार्डजित्नसफल खेलाडी संजय आफ्नो हरेक काममा उत्तिकै चर्चित सफल र लोकप्रिय बनेका छन l
सानै उमेर देखि मोडलिङ, कला, अभिनयमा रुचि राख्दै ब्यबसायिक मोडलिङ क्षेत्रमा प्रवेश गरेका संजय राज बिक्रम एक बहु प्रतिभाका धनि कलाकारको रुपमा परिचित छन ।आधा दर्जनभन्दा बेसी म्युजिक भिडियोमा सफल अभिनय र दर्जनौ र्याम मोडलिङ तथा फेशन सो मा भाग लिएर आफ्नो कला प्रस्तुत गरि सकेका संजय हेर्दा पनि त्यतिकै आकर्षण छन् । अग्लो कद, मिलेको सुगठित शरीर, हसिलो मुहार, चक्लेटी अनुहार भएका उनि अभिनय समेत पोख्त छन ।
भविष्यमा एक अब्बल कलाकार बनेर नेपाली चलचित्र तथा सिने नगरीमा आफुलाई परिचित गराउने उदेश्यका साथ अघि बढेका मोडल संजय ब्यबसायिक मोडल तथा बडिबिल्डरको रुपमाआफुलाई अघि बढाउने सोच लिएर मेहनत गर्दै गरेका छन l

आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालार्इ पनि उत्कृष्ट बनाउने सोच लिएरमोडलिङ क्षेत्रमा लागेको उनी आफु भित्र भएको क्षमता प्रस्फुटन गरि सबैको मन जित्न सफल हुदै भविष्यमा एक चर्चित मोडलको रुपमा नेपाली सिने जगतमा स्थापित हुन चाहन्छन l ।
No comments:
Post a Comment