Tuesday, March 20, 2018

रोजगार नीति ल्याइनेः मन्त्री विष्ट

काठमाडौँ, ६ चैत : श्रम तथा रोजगार मन्त्री गोकर्णराज विष्टले संविधानमा मौलिक हकका रुपमा रहेको रोजगारको हकको कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक नीति ल्याइने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले वाम गठबन्धनको चुनावी घोषणापत्रका आधारमा रोजगार नीति ल्याउन पहल गर्ने बताउनुभएको हो ।

मन्त्री विष्टले भन्नुभयो, “मुलुकमा लाखौँ युवा बेरोजगार छन्, सरकार मुकदर्शक भएर बस्न सक्दैन, स्वदेशमै रोजगार सिर्जनाका आधारहरू खोज्नु आवश्यक छ र यसका लागि दक्ष जनशक्तिको उत्पादनमा पनि लाग्नुपर्छ ।”

वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भएपनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले यस क्षेत्रमा हुने सिण्डिकेट तोड्न प्रभावकारी कदम चाल्ने बताउनुभयो ।

मन्त्री विष्टले कानुन विपरित सबै कामलाई हतोत्साहित र निरुत्साहित गर्न आफू पछि नपर्ने उल्लेख गर्दै काठमाडौँ उपत्यका बाहिर पनि क्रमशः श्रम स्वीकृतिको प्रबन्ध शुरु गरिएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...