Tuesday, March 13, 2018

दिलिप रेग्मीको मौलिक रत्यौली गीत “भुरुरु उडेको चरी

काठमाण्डौ, फागुन २९
झझल्को डिजिटलको प्रस्तुतिमा पर्वतको नाग्लिबाङगका को मौलिक रत्यौली गीत विवाहमा दुलाहा दुलहीको घरमा गएको अवस्थामा नेपाली दिदि बहिनी , आमाहरु भेला भएर गाउने मौलिक भाकालाई गीतको माध्यमबाट समेटेर गायक दिलिप रेग्मी र सुनिता सुनारको सुमधुर आवाजमा सजिएको निकै मार्मिक रत्यौली गीत “भुरुरु उडेको चरी ”बजारमा आएको छ ।

 

जिवन भोगाइको पिडालाई आपसी रुपमा रमाइलो पारामा ठट्यौली भाकामा रत्यौतिमा गाउने परम्परा हाल सम्मपनि नेपाली समाजमा रहेको छ । नेपाली समाजमा रहेको परम्परालाई जिवन्त राख्नको लागी भएपनि आफुले लोक पारखी मनका लागी रत्यौली भाकाको गीत बजारमा ल्याएको गायक दिलिपले बताए । प्रविन खत्रीको शब्द सृजनामा सुसजित गीतमा संगीत भने दिलिप रेग्मीको रहेको छ । दिलिप रेग्मी को निर्देशन र मनोज चौहानको छायांकन रहेको उक्त गीतमा अभिनय भने चर्चित मोडलहरु विमल अधिकारी , रिचा थापा मनिस पौडेल र स्वस्थिका खड्काले अभिनय गरेका हुन् । भिडियोको सम्पादन भने रमेश विकले गरेका हुन ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...