Friday, March 30, 2018

यस्तो अन्दबिस्वास भएको समाज !! जहाँ रजश्वला हुँदा महिलालाई गाउँ निकाला गरिन्छ

सुन्दैमा अमानवीय अपराध ठहर हुने रुढीग्रस्त अन्धविश्वास हाम्रो छिमेकी मुलुक भारतमा कायमै छ । भारतको आन्ध्रप्रदेशस्थित एउटा गाउँमा महिलाहरुलाई सुत्केरी भएको तीन महिना र रजश्वला भएको समयमा गाउँ निकाला गरिन्छ ।

अनन्तपुर जिल्लाको रोला मण्डलस्थित गन्ताहल्लागोट्टी गाउँमा यो प्रथा कायम छ ।

गाउँमा १२० घर छन् । कादुगोल्ला समुदायका मानिस यो गाउँमा बस्दछन् । यो समुदायमा महिलाहरु नर्कसमान जीवन बाँच्न बाध्य छन्, खासगरी रजश्वला र सुत्केरीको समयमा ।

रजश्वला भएको पाँच दिनसम्म तथा बच्चा जन्माएको सुरुका तीन महिनासम्म महिलाहरु उक्त गाउँमा बस्न पाउँदैनन् ।

स्कुल जाने छात्राहरु पनि यो नियमबाट अछूतो छैनन् । उनीहरु पनि रजश्वलाको समयमा गाउँबाहिर रहेको झुपडीहरुमा बस्नुपर्दछ । त्यहाँबाट स्कुल जान आउनको लागि उनीहरु दैनिक २० किलोमिटर दूरी हिँड्नुपर्दछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...