Sunday, March 25, 2018

भावुक हुँदै आचार्यले यसो भने पछी !! बुद्दको देश नेपालमा गाइको मासु खान हुने नहुने कान खोलेर सुन ! भिडियो सहित !!

युके, न्युजिल्याण्ड र स्विजरल्याण्ड भन्दा बढी प्राणीलाई संरक्षण दिने राष्ट्र बनाउनुपर्छ नेपाललाई।
तर अनौठो कुरा हत्यारालाई मृत्युको सजायँ दिनु पर्ने पनि जोड दिए, कारण किन, पुरा भिडियो हेर्नुहोला।

आचार्य पेरिकले भारतको नाम्डोलिङ गुम्बामा स्थित ङिङ्मा विश्वविद्यालयबाट बौद्ध धर्मको सुत्र-तन्त्र लगायत सम्पुर्ण अध्ययन २०१४ सालमा पुरा गरि हाल नेपालमा बौद्ध धर्मको प्रचार प्रसारमा प्रयासरत हुनुहुन्छ।
धेरै श्रोता र दर्शक माझ ज्ञानको खुराक पस्कनको लागि उहाँले युटुब फेसबुक आदि सामाजिक संजाल मार्फत प्रवचन र अन्तरक्रियाहरु प्रस्तुत गरिराख्नु भएको छ।
उहाँले बौद्ध धर्म मात्रै नभईकन सम्पूर्ण धर्मलाई संगालेर व्याख्या गर्नुहुन्छ।
र विशेष गरेर (देशमा शान्ति-समृद्धिको लागि धर्म सचेतना, र सुखी जीवनको लागि धर्म र ध्यानको अभ्यास)
भन्ने अभियान कार्यक्रम शुरु गर्नु भएको छ। र प्राणि रक्षा तथा शाकाहारी जीवनको संदेश अभियानमा पनि सक्रिय हुनुहुन्छ।

अहिलेको समयमा धर्मको अभ्यास गर्न धेरै गार्हो छ। त्यसैले हामी सबै पापकर्मबाट मुक्त हुने कोशिष गर्नु सबभन्दा जरुरी हुन्छ। र पापकर्मबाट मात्रै मुक्त हुन सकेमा अहिलेको युगमा धेरै ठुलो उपलब्धि हुनेछ। किनकि पापकर्म त्यागिएन भने धर्माभ्यास पनि हुन सक्दैन र दुखको आगमन पनि रोकिने छैन।

तसर्थ धर्मको अभ्यास र यात्रा शुरु गर्नु पुर्व दश अकुशल कर्म अन्तरगतको हिँसा काटमार अनिवार्य त्याग्नै पर्ने हुन्छ। र यथासक्य मासु सेवन पनि बन्द गर्नु पर्छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...