Friday, March 23, 2018

सामाजिक सेवामा एल्बम समर्पित एल्बमबाट आएको पैसा समाजसेवामा सगरमाथा फाउन्डेसनलाई सहयोग गर्दै पहिलो किरण सार्वजनिक

९ चैत, काठमाडौं । गीतकार गोविन्द गौतमले आफ्नो गीतिसंग्रह ‘पहिलो किरण’ समाजसेवामा समर्पित हुँदै सार्वजनिक गरेका छन् । कीर्तिपुरस्थित सगरमाथा फाउन्डेसनद्वारा संचालित हेल्पलेस चिन्ड्रेन होममा रहेका ५० जना बालबालिकाहरुबीचमा पुगेर उनीहरुलाई आर्थिक सहयोग र खाजा खुवाएर एल्बमलाई सार्वजनिक गरेका छन् ।

गीतकार गोबिन्द गौतमको एकल शव्द एवम् बिकाश चौधरीको एकल संगीत रहेको उक्त एल्बमलाई बालबालिकाद्वारा सार्वजनिक गरिएको हो । गीतकार गोबिन्द गौतमले पहिलो किरण एल्वम उक्त चाइल्ड केयर हाउस लाइ सहयोगार्थ हस्तान्तरण गरेका थिए । उक्त एल्वम बिक्रि मार्फत उठेको शतप्रतिशत रकम बालआश्रमलाइ नै हुने गीतकार गौतमले जानकारी दिए । सोही अवसरमा गौतमले बालआश्रमको लागी आर्थिक सहयोगसमेत गरेका थिए ।

कार्यक्रममा एल्वम निर्माणमा सहयोग गर्ने व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने एभरेष्ट फाउन्डेसनको तर्फबाट आश्रमका बुबा नर बहादुर लिम्बुको हातबाट गीतकार गौतमलाइ फाउन्डेसनको आजीबन सदस्यता स्वरुप सम्मान पत्र प्रदान गरेको थियो ।

गीतकार गौतम विगत १० बर्षदेखि अमेरीकामा बस्दै आए पनि नेपाली गीत लेखनमा उनी निरन्तर क्रियाशील रहँदै आएका छन् । कार्यक्रमको संचालन पत्रकार दयाराम घिमिरेले गरेका थिए । एल्बम विमोचन अरुले जस्तै ठूला होटल, पार्टी प्यालेसमा गर्नुभन्दा पनि समाजसेवामा केही सहयोग गरेर आत्मसन्तुष्टि मिल्ने बताउँदै गीतकार गौतमले बालबालिकासँग सहकार्य गर्ने मौका पाएको खुशी व्यक्त गरे ।

 

एल्मवमा ७ वटा गीत समाबेश गरिएको छ । झर्ने मन छैन, झ्याप्प झ्याप्प, झरेका लाजहरु, आफैंसँग बात गर्छु, पिरतीमा झुमुँ झुमुँ, निष्ठुरीले यो दिल चोरी, तिम्रो रुपको जस्ता गीतहरु रहेका छन् । जसमा अन्जु पन्त, प्रमोद खरेल, मनोज सेवा, बिकाश चौधरी, उषा मलाह, सुनिल राईको आवाज रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...