Monday, March 5, 2018

शहिद स्मृतिका विद्यार्थीलाई माओवादी केन्द्र कास्कीको सहयोग शहिदकै वलिदानीवाट परिर्वतन सम्भव–करण

पोखरा, २१ फागुन
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कास्कीले २३ औँ जनयुद्ध दिवस तथा शहिद सप्ताह २०७४ को अन्तिम दिन सोमवार शहिद स्मृति आवासिय माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ मझेरीपाटनमा रहेको विद्यालयमा अध्ययनरत २ सय ६० जना विद्यार्थीहरुलाई १ लाख २५ हजार रुपैयाँ बरावरको खेलकुद सामाग्रि, गम्छा तथा फलफूल वितरण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक वखानसिँह गुरुङ(आभाष)ले जानकारी दिए । सो अवसरमा माओवादी नेताहरुले शहिदका छोराछोरीहरुसँग भेटघाट समेत गरे ।
कार्यक्रममा वोल्दै पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला ईन्चार्ज राजकाजी गुरुङ(करण)ले झापा आन्दोलन देखी महान् जनयुद्ध सम्मका हजारौँ शहिदहरुले वगाएको रगत पसिना र वलिदानको कारणले देशमा अहिलेको परिर्वतन सम्भव भएको धारणा राखे । माओवादीले शहिद परिवारलाई विर्सेको भनेर आरोप लगाईएपनि त्यो पूर्णत गलत रहेको भन्दै नेता करणले आफुहरु भाग्यवश वाँचेकोले नाफाको वाँकी जिन्दगीलाई शहिदकै सपनाहरुलाई पुरा गर्न तर्फ लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा प्रदेस सांसदहरु रामजीप्रसाद वराल, दीपक कोइराला, पार्टी जिल्ला सहसंयोजक गंंगा पोखरेल, महानगर अध्यक्ष विश्वप्रकाश लामिछाने तथा माओवादी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...