Tuesday, March 6, 2018

मौलिक कौरा (चुड्का) “मोहोनी” मार्फत शर्मिला गुरुङको मोहनी नजरमा गायक मौसम गुरुङ’

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक मौसम गुरुङ र देबी घर्तिको को सुमधुर आवाजले सजिएको मौलिक कौरा (चुड्का) गीत “मोहोनी” भर्खरै सार्वजनिक भएको छ । गायक मौसम गुरुङले अन्य माया प्रितिका गीतहरु बजारमा ल्याईरहंदा आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित यो उत्कृष्ट कौरा (चुड्का) गीत बजारमा ल्याउँदा संगीत पारखिहरुको तर्फ बाट बधाई तथा शुभकामनाको ओहिरो प्राप्त गरिरहेका छन् । प्रस्तुत गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ , त्यतिनै उत्कृष्ट भिडियो बनेको छ ।

भिडियो मा चर्चित गायक मौसम गुरुङ र जुना गुरुङ को अभिनय रहेको छ भने गीतमा शर्मिला गुरुङ को शब्द  र मौसम गुरुङ को लय सृजना रहेको छ । मनाङ गुरुङ को निर्देशन तयार भएको यस  गीतको भिडियोलाई छायांकन भने करण चैसिर ले गरेका हुन् । बिष्णु शर्मा को सम्पादन रहेको गीतको अडियो तथा भिडियोलाई शितल शिजन डिजिटल प्रालिले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...