Wednesday, March 14, 2018

बिएन पुस्तकको नयाँ : उपहार स्वको खोजी

१३ मार्च, वाशिंटन डिसी
नेपाली साहित्यको क्षेत्रमा विविध विधाका साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आएको प्रकाशक बिएन पुस्तकले प्रकाशित गरेको एकदेव अधिकारीद्धारा अनुदित लघुकथा संग्रह स्वको खोजि  एक कार्यक्रमबिच काठमाडौंमा  बिमोचन गरिएकोछ ।
कथाकार नारायण तिवारी,श्रीओम श्रेष्ठ रोदन, पुष्करराज भट्ट, यशोधा अधिकारी,सूर्य बिसी, श्रीराम राई ,घनश्याम डल्लाकोटी र अनुवादक एकदेव अधिकारीले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै कथाकार तिवारीले विश्वका प्रसिद्ध लेखकका लघुकथा नेपालीमा पढ्न पाउनु सुखद भएको बताए । त्यसैगरि श्रीओम श्रेष्ठ रोदन र पुस्करराज भट्टले अधिकारीको अनुवादको प्रसंशा गरेका थिए । सो अवसरमा अनुवादक एकदेव अधिकारीले पुस्तक र कथाबारे आफ्ना धारणा राखेका थिए ।
दुई दशकदेखि शिक्षण र साहित्यमा सक्रिय अधिकारीद्धारा अनुदित स्वको खोजिमा विश्व प्रसिद्ध उन्नाइस कथाकारका पचास लघुकथा संग्रहित छन् ।  सो विमोचन कार्यक्रमको सहजीकरण श्रीराम राईले गरेका थिए  ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...