Sunday, March 4, 2018

बौद्ध गुरु धर्मपालको बुधबार अन्त्येष्टि

काठमाडौँ, २० फागुन : अर्वुद रोगका कारण हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा शनिबार दिवंगत हुनुभएका भिक्षु धर्मपाल महास्थवीरको यही फागुन २३ गते अन्त्येष्टि गरिने भएको छ ।

उहाँको पार्थीव शरीर विहारबाट शवयात्रा गरी शंखमुलमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिनेछ । लामो समयसम्म बौद्ध दर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनमा क्रियाशील भिक्षुको ६२ वर्षको उमेरमा निधन भएको हो ।

ललितपुरस्थित  शाक्यसिंह विहारका प्रमुख धर्मपालले करिब पाँच दशकदेखि बौद्ध साहित्यको प्रचारप्रसारमा भूमिका निर्वाह गर्नुभएको चारुमति बौद्ध विहारका प्रमुख भिक्षु तपस्वी धम्मले जानकारी दिनुभयो ।

अखिल नेपाल भिक्षु महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका धर्मपाललाई थाइल्याण्ड सरकारले बौद्ध शिक्षाको विकासमा योगदान गरेकामा कदर गर्दै भिक्षुलाई दिने ‘च्रखु’ पदवीसमेत प्रदान गरेको थियो । उक्त पदवी तीन नेपाली भिक्षुले मात्र प्राप्त गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...