Monday, March 12, 2018

एनआरएनए द्वारा अस्थाई सुरक्षित दर्जा ( टिपीएस ) को म्याद थप्नको लागि डेमोक्रेटिक दलकी सशक्त सिनेटर एलिजावेथ वारेन संग भेटघाट र अनुरोध

अस्थाई सुरक्षित दर्जा ( टिपीएस ) को म्याद गुज्रिने अवस्था भै रहेको समयमा एनआरएनए म्यासाचुसेट्स शाखा ,ग्रेटर बोस्टन नेपाल कम्युनिटी तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीको पहलमा डेमोक्रेटिक दलकि सशक्त सिनेटर एलिजावेथ वारेन संग भेटघाट गरि म्याद थप्नको लागि अनुरोध गरेको छ ।

यस बिषयमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाले सशक्त रुपमा १४ हजार नेपालीहरुले पाई रहेको अस्थाई सुरक्षित दर्जा ( टिपीएस ) सुबिधा को म्याद थप गर्न यत्र तत्र सर्वत्र पहल गरि रहेको छ ।

उक्त पत्र बुझ्दै सिनेटर वारेनले नेपालमा गएको महाभूकम्पको धनजनको क्षति बारेमा आफू जानकार रहेको बताइन । यसको साथै सिनेटर वारेनले अझ पनि पीडितहरुको समस्या समाधान हुन् बाकि रहेकोले अमेरिकामा रहेका तिनीहरुका परिवारलाई अमेरिकी सरकारबाट उपलब्ध भएको अस्थाई सुरक्षित दर्जा ( टिपीएस ) को सुविधा को म्याद थप्ने कार्यमा सक्दो सहयोग गर्ने बताईन ।

उक्त अवसरमा एनआरएन का उपाध्यक्ष राम कुमार सुवेदीले भूकम्प पीडितहरुको निर्माण तथा पुनर्निर्माण कार्य तीब्र रुपमा भै रहेको तर कार्य सम्पन्न भै नसकेकोले पीडित परिवारलाई म्याद कार्यमा पहल गरि दिन अनुरोध गरे ।

यसै गरि एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीले ज्ञापन पत्र बुझाउदै अस्थाई सुरक्षित दर्जा (टिपीएस )को बारेमा कुरा राखेका थिए । उक्त भेटघाट कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसी, एनआरएन का उपाध्यक्ष राम कुमार सुवेदी ,एनआरएन कि संचालक समिति निर्देशक तृष्णा शर्मा काफ्ले ,एनआरएन म्यासा चुसेट्स शाखाका अध्यक्ष बिष्णु कार्की ,एनआरएनआईसीसीका भाषा साहित्य समिति सदस्य महेश्वर पन्त ,बोस्टन नेपाली कम्युनिटी का सभापति बिष्णु आचार्य तथा एनआरएनअमेरिकाका पूर्व सल्लाहकार विजय शर्मा लगायतको उपस्थिति रहेको जानकारी एनआरएन अमेरिकाका प्रवक्ता बिनोद कुमार तिवारी द्वारा जारी छापा बिज्ञप्तिमा जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...