Saturday, March 31, 2018

गाउँमा उत्पादित दूध बजारसम्म ल्याउन नसकेको गुनासो

काठमाडौँ, १७ चैत : ग्रामीण क्षेत्रका किसानबाट उत्पादित दूधलाई बजारसम्म ल्याउन नसकेको गुनासो गरेका छन् ।

डेरी उद्योग संघको नवौँ वार्षिक साधारण सभाका अवसरमा शुक्रबार साँझ यहाँ आयोजित कार्यक्रमका वक्ताले निजी क्षेत्रले ग्रामीण क्षेत्रमा उत्पादित दूधलाई बेवास्था गरेको बताएका हुन् ।

भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ का सचिव डा वंशी शर्माले दूधको उत्पादन र बजारीकरणलाई प्रदेशले कडा नियम बनाएर अनुगमन गर्ने बताउनुभयो । “दूधको ७० प्रतिशत माग पूरा गर्ने भैँसीपालन व्यवसायलाई विशेष प्राथमिकता दिनुपर्छ,”– उहाँले भन्नुभयो ।

सोही मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले दूधको आयातलाई प्रतिस्थापन गरेर स्वदेशमा उत्पादित दूधलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले महँगो भाडा र कच्ची बाटोका कारण निजी क्षेत्रले गाउँका किसानबाट उत्पादित दूधलाई बजारसम्म नल्याएको गुनासो गर्नुभयो ।

पशुसेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलले पशुमा हुने खोरेत रोगको उपचार गरी गाईभैँसीको नयाँ बच्चालाई उत्पादन गर्न सके नेपाल दूधमा आत्मानिर्भर बन्ने बताउनुभयो । “मुलुकको कूल ग्रार्हस्थ उत्पादनलाई बढावा दिनलाई दूधको उत्पादन बढाउनुपर्छ,”– पौडेलले भन्नुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त, दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक ईश्वरी अधिकारी, केन्द्रीय पशुपक्षी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी एशोसियशनका अध्यक्ष राधाकृष्ण सापकोटा, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ललगायतले संघले दूधलाई किसानको गोठदेखि उपभोक्ताको ओठसम्म पु¥याएको भन्दै संघलाई विशेष सहयोग गर्न सरकारसंग आग्रह गर्नुभयो ।

नेपालमा रु १५ अर्बभन्दा बढी लगानी रहेको दूध उद्योगमा १५ हजारभन्दा बढी युवाले रोजगारी पाउनुका साथै यसबाट पाँचलाख किसान लाभान्वित भएको अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिनुभयो ।

राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

संघको नवौँ साधारणसभाबाट अरनिको राजभण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

संघको उपाध्यक्षमा निरञ्जन श्रेष्ठ, महासचिवमा राजकुमार दाहाल, कोषाध्यक्षमा पुष्पराज बस्नेत हुनुभएको छ भने सदस्यहरुमा रामप्रसाद ट्यात, पूर्णबहादुर थापा, सन्तोषलाल श्रेष्ठ, रामचन्द्र उप्रेती र कुलप्रसाद घिमिरे हुनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...