काठमाडौं, ४ चैत । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले आफ्नै पार्टी निकट व्यवसायीले गल्ती गरे पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव समेत रहेका मन्त्री विष्टले गलत गर्ने जोसुकैलाई पनि छुट नहुने बतााए ।
इमानका साथ काम गर्नेलाई म प्रोमोट गर्छु, चाहे जुनसुकै पार्टीमा आस्था राख्ने होस, तर बेठीक गर्नेलाई छुट दिने छैन, आफ्नै पार्टीको परे पनि छाडिनेछैन् । विष्टले प्रतिबद्धता जनाए ।
मन्त्री विष्टले वैदेशिक रोजगार ऐनलाई देश र कामदारको हित अनुकुलको बनाउने गरी विज्ञ, अनुभवी र सरोकारवालासँग छलफल गरे ।
No comments:
Post a Comment