Thursday, March 29, 2018

छोरा मारिएपछि न्याय माग्दै आमाको अनशन, अनशनबाटै यसो भन्छिन् गंगामाया (भिडियो)

छोरा मारिएपछि न्याय माग्दै तीन वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले मानवअधिकारवादीमाथिको बिश्वास हटेको बताउनुभएको छ ।
बुधबार बीर अस्पतालमा पत्रकारसंग कुरा गर्दे उहाले अधिकारकर्मीले आएर आश्वासनमात्र दिएको भन्दै मानवअधिकारवादीमाथिको बिश्वास हटेको बताउनुभएको हो । उहाले मानवअधिकार भएको देशमा मानवअधिकार भनाईमा मात्र सिमित मात्र रहको गुनासो गर्नुभयो । गंगामायाले छोरा मारिएको १३ वर्ष भइसक्दा पनि आफूले न्याय नपाएको भन्दै पेशीका नाममा मुद्धा अल्झाउन खोजिएको बताउनुभयो । उहाले छिटो भन्दा छिटो अपराधीलाई कानुनी कारवाही गर्नुपर्ने भन्दै आफ्नो अरु कुनै ईच्छा नभएको दुखेसो गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...