Thursday, March 15, 2018

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले लिए शपथ

काठमाडौं, चैत १ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष तिमिल्सिनालाई शपथ गराएकी हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायमा प्रमुखलगायतको उपस्थिति थियो ।

नेकपा एमालेका सांसद तिमिल्सिना बुधबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...