
अमेरिका नेपाल महिला संघ (आन्वा)बृहत वाशिंगटनले आगामी आइतबार ,मार्च ११ तारिखका दिन नारी दिवस सम्बन्धि बहस कार्यक्रम गर्ने भएको छ । सन् २००५ मा स्थापित संस्थाको मुख्य उदेस्य विभिन्न सामाजिक क्रियाकलाप गर्दै यस भेकमा रहेका नेपाली समुदाय तथा नेपाली महिलालाई सामाजिक अन्तरक्रिया गराउनु तथा सामजिक क्रियाकलाप मार्फत महिला सशक्तिकरण गराउने प्रकारका कार्यक्रम ल्याउनु रहेको छ l
यसको साथै यस संस्थाले नेपालका बिद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने उद्देस्यले बर्षमा दुई पटक नियमित रुपमा आँगन बिक्रि (यार्ड सेल ) गर्दै आएको छ l कार्यक्रम भर्जिनिया को एलेकजेनड्रिया स्थित रोयल नेपाल रेस्टु रेन्ट (चमेना गृह)मा गर्ने जनाएको छ ।
उक्र कार्यक्रम दिउसो २ बजे देखि ४ बजे सम्म हुने छ भने कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि राजदुत अर्जुन कुमार कार्की ( बिद्या वारिधि ) हुनु हुने छ । संस्थाले सबैलाई आम निमन्त्रणा गरेको छ भने बिस्तृत जानकारीको लागि संस्थाका अध्यक्ष बिजया शाह ,पूर्व अध्यक्ष बिष्णु कुमारी थापा तथा पूर्व अध्यक्ष माधवी बस्नेत कार्की संग सम्पर्क गर्न सक्नु हुने छ ।

No comments:
Post a Comment