Wednesday, March 21, 2018

बिशेष ताजा समाचार :टेक्सस अस्टिन का बमबर्षक क्रमिक हत्याराले विस्फोटक उपकरण पड्काएर आफै मरे

मार्च २१ ,बुधबार ,६ बजे ,अमेरिकाको टेक्सस राज्यको अस्टिनमा क्रमिक रुपमा विस्फोटक उपकरण पड्काएर आतंक मच्याई रहेका संदिग्ध व्यक्ति मारिएका छन् । ३ हप्ता देखि उनलाई प्रहरी,गुप्तचर तथा सुरक्षा निकायका सवैले व्यापक खोजि गरे उनको पहिचान गरेका थिए

उनको पहिचान भए पछि प्रहरीले उनलाई पछ्याउने क्रममा उनलाई टेक्सस कै अस्टिन को राउण्ड रकमा फेला पारे पछि उनलाई पक्राउ गर्ने क्रम र पछ्याउने क्रममा उनले आफैले ल्याएको विस्फोटक उपकरण बिस्फोट गरि आफैले आफनो ज्यान गुमाएको जानकारी प्रहरीले दिएका छन् ।

उनको मृत्यु भए पछि अहिले बिहान टेक्सस को राउण्ड रक को स्थानीय समय ५ बजे अस्टिन प्रहरी विभागका प्रमुख ब्रायन म्यानलेले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएका हुन् । उनलाई पक्राउ गर्ने उद्धेश्य भएता पनि उनले आफैले विस्फोटक उपकरण चलाए पछि पप्रहरी अधिकृतले बन्दुक चलाएका ब्रायन ले बताए

उनले पत्रकारलाई जानकारी दिदै एक प्रहरी अधिकृत समय चोट लागेको बताए । उक्त मारिने बम बर्षक क्रमिक हत्यारा २४ बर्षिय पुरुष भएको पत्ता लागेको छ भने अन्य जानकारी को खोजि गरिने र पछि जानकारी दिने प्रमुख ब्रायनले बताए ।

उनले जानकारी दिने क्रम मै उनि बिगत २४ घण्टा सम्म कहाँ थिए र के गर्दै थिए हामीलाई थाहा भएन ब्रायनले बताए । चिकित्सा बिभागले उनको शव को जाच गरे पछि मात्र उनको बारेमा बताइने ब्रायनले जानकारी दिए ।

उनि बास बसेको अतिथि गृहलाई घेराउ गर्दै संघीय गुप्तचर पुरा तैनाथ भएको अवस्थामा संदिग्ध व्यक्ति आफ्नो सवारी साधन लिएर भागेका थिए । तर उनको सवारी साधनलाई सडक मै रोकिएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्र म्प ले प्रहिलाई सामाजिक संजाल मार्फत स्याबास दिएका छन् । उनले ५ ठाउँमा विस्फोटक उपकरण पड्काएका थिए जसको कारण २ जना को ज्यान गएको थियो । गत मार्च २ तारिख देखि यो बम पड्काउने क्रम सुरु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...