Friday, March 2, 2018

नेपाल र मित्र राष्ट्र चीनबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ

नेपाल र मित्र राष्ट्र चीनबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पारी मूलतः साहित्यको क्षेत्रमा रचनात्मक कामहरू गर्ने उद्देश्यले नेपालका महान् साहित्यकार लक्ष्मीप्रसाद देवकोटा र चीनका महान् साहित्यकार लु सुनको संयुक्त स्मृतिमा २०६८ मा स्थापित यस “देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठान” ले यही फागुन१९ गते शनिबारका दिन एक विशेष कार्यक्रम आयोजना गर्दैछ । यस अन्तरगत “लु सुनका निबन्ध ः सामाजिक तथा राजनीतिक महत्त्व” (ीग ह्गल’क भ्ककबथकस् क्यअष्ब िबलम एयष्तिष्अब िक्ष्नलषष्अबलअभ) विषयक विचार गोष्ठी आयोजना गरिएको छ । विचार गोष्ठीका प्रस्तोताहरू चीनका विद्वान् विचारकहरू रहनेछन् । यस कार्यक्रममा भाग लिन चीन तथा ताइवानबाट ६ जना सहभागीहरू तीन दिनअघि नै नेपाल आउने कार्यक्रम रहेको छ । सहभागीहरूमा बेइजिङ लुसुन म्युजियमका कार्यकारी निर्देशक हुवाङ छिया ओसेङ, बेइजिङ इन्टरनेशनल स्टडिज् युनिभर्सिटीका प्राध्यापक झाओ जिङहुवा, कम्परेटिभ लिटरेचर रिसर्च सेन्टर अफ चाइनिज एकेडेमी अफ सोसल साइन्सका अध्यक्ष दोङ बिङ्गुये, क्यापिटल नर्मल युनिर्भसिटीका प्राध्यापक वाङ जियापिङका साथै रिसर्च अफिस, बेइजिङ लु सुन म्युजियमका क्युरेटर जियाङ इसिनर जाङ हुवानर्मल युनिभर्सिटी, ताइवानका एसोसिएट प्रोफेसर शु शिउ हुई हुनुहुन्छ । कार्यक्रममा ‘लु सुनका शास्त्रीय शैलीका कविता ः द्विभाषिक संस्करण’ नामक कृतिको सार्वजनिकीकरण पनि हुनेछ । “देवकोटा–लु सुन प्रज्ञा पुरस्कार”को घोषणा पनि कार्यक्रममा गरिनेछ ।

यस कार्यक्रमले देवकोटा र लुसुनबारे आम जनतामा थप सूचना सम्प्रेषण गर्ने र उहाँहरूबारेको विशेष अध्ययन विस्तार हुने मात्र नभै नेपाल र चीनका बीचमा मैत्री तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत प्रत्यक्ष सहयोग पुग्ने विश्वास लिइएको छ ।
यस कार्यक्रमका समाचार र विवरणहरू सङ्कलनका लागि तपाईंको लोकप्रिय सञ्चार माध्यमका तर्फबाट सञ्चार प्रतिनिधि पठाइदिनुहुन र समाचार प्रकाशन, प्रसारणको व्यवस्था गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

विचार गोष्ठी हुने स्थान ः नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष
मिति ः २०७४ फागुन १९ गते शनिबार
समय ः १२ . ३० बजे

अन्य जानकारीका लागि निम्न सम्पर्क नं. हरूमा सम्पर्क गर्न सक्नुहुनेछ ः
निनु चापागाई, अध्यक्ष ९८४१४३७८१३, ०१५५२०९१८
रामबाबु सुवेदी, उपाध्यक्ष ९८४१७५६३६१
रणेन्द्र बराली, महासचिव ९८५५०५५७०३
कृष्ण प्रसाई, कोषाध्यक्ष ९८५१०३३२८३
कार्यालय ःअनामनगर , काठमाडौं ।

भवदीय ः

(निनु चापागाईं)
अध्यक्ष

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...