Monday, March 12, 2018

जनएकता सहकारीको साधारण सभा

खोलेसिमल, चितवन, २८, फागुन ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल स्थित जनएकता उपभोक्ता सहकारी संस्था लि. को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओम प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सांसद घनश्याम दाहाल रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि दाहालले सहकारीको विकासबाट समाजको विकासमा महत्वपूर्ण योगदान रहने भन्दै देशको अर्थतन्त्र समृद्ध बनाउन पनि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए ।

हरेक गाउँ टोलमा सहकारी मार्फत् उपभोक्ताहरुलाई सर्वसुलभ मूल्यमा उपभोग्य सामानहरु उपलब्ध गराउन सके कालोबजारीको समेत अन्त्य गर्न सकिने उनले बताए । आफु र सरकार पनि सहकारीको प्रवद्र्धन र विकासमा लाग्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सांसद कञ्चन खनाल, कालिका वडा नं. ६ का वडा अध्यक्ष एवम् नगर प्रतिनिधि बिनोद रेग्मी, सुरक्षित बचत तथा ऋण सहकारी संस्थाका सचिव भीम प्रसाद लामिछाने, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारी, रेडक्रस खोलेमिसलका सह–कोषाध्यक्ष राजन रेग्मी, संस्थाका सचिव नन्दलाल लामिछाने, उपाध्यक्ष रघुनाथ सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । शनिबार सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष केदारनाथ तिवारीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष ओम प्रसाद लामिछानेले प्रगति एवम् भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाका लेखा संयोजक लक्ष्मीनारायण चौलागाईले आन्तरीक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...