Saturday, March 17, 2018

अदभुत आवाज भएका गायक संजय फ्राउन्डफेल्डर ले ल्याउने भए बिष्णु माझी संगको बहुप्रतिक्षित गीत “आँसु”

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक संगीत क्षेत्रमा प्रबास बाटपनि आफुलाई निरन्तर अगाडी बढाउन सफल स्विट्ज़रलैंड  को नागरिक जो नेपाली संगीत र माटो संग खेल्दै आफुलाई नेपाली लोक संगीतको गायकको रुपमा चिनाउन चाहदै केहि बर्ष देखि निरन्तर गीत संगीतमा लाग्दै “मत फुल झैँ”बाट संगीत क्षेत्रमा प्रबेश गरि लाखौ नेपालीको तन मनमा बस्न सफल गायक हुन् संजय फ्राउन्डफेल्डर उनि अहिले आफ्नै देश स्विट्ज़रलैंड बसोबास गर्छन तर उनि नेपाली गीत संगीतको एउटा अदभुत गायक भनेर चिनिन्छन।जसको आवाज नसुन्ने कमै छन।चर्चित गायक बिरही कार्की संग सहकार्य गर्दै यस क्षेत्रमा आएका संजय यो बेला अर्को बहुप्रतिक्षित गीत “आँसु”को अन्तिम तयारीमा छन।

बिष्णु माझि संग उनले आवाज दिएको उक्त गीतमा लय आयुस परियारको रहेको छ भने शब्द कुमार परियारको रहको छ ।समाजको यथार्थ घटनालाई चित्रण गरेर तयार पारिएको उक्त गीत केहि समयमै बजारमा आउने तयारीमा छ ।आफ्नै युटुब च्यानलबाट सो गीत बजारमा ल्याउने तयारीमा संजय रहेको  बताउछन।गीतको म्युजिक भिडियोको तयारीमा रहेको बताउने संजय भन्छन “म क्षेत्रमा प्रबेस गरे देखिनै सबैले माया दिनु भयो अब झनै माया पाउने एउटा सफल सृजनामा आवाज भर्न पाएको छु आशा छ यो गीत दर्शकश्रोताकोपहिलो रोजाईको गीत बन्ने छ”।त्यसोत संजयले गायका गीतहरु सबै दर्शक श्रोतको पहिलो रोजाइकाकै सृजना बने।

हेरौ आउन लागेको गीतको रफ आवाज संजय र उनको परिवारको

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...