Wednesday, March 28, 2018

चन्द्रपुरमा भएको आगलागीमा करोडको क्षति

सञ्जय मित्र, रौतहट
रौतहटको चन्द्रपुरमा बुधबार बिहानै भएको आगलगीमा करोड बढीको क्षति भएको छ । चन्द्रपुर नगरपालिका ५ को बजारमा रहेको राहुल हार्डवेयर गोदाममा बिहान साढे ६ बजेतिर भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको साथै स्थानीयबासीको अथक प्रयासले साढे तीन घन्टापछि नियन्त्रणमा आएको छ ।

चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका महासचिव सुनीलकुमार साहको राहुल हार्डवेयर तथा फर्निचर पसलमा भएको आगलागी नियन्त्रणका लागि चन्द्रपुर र गौर नगरपालिकाका साथै बारा, सर्लाही र हेटौँडाबाट दमकल ल्याइएको थियो । आगलगी नियन्त्रणमा पाँचवटा दमकलको प्रयोग गरिएको थियो ।गोदामा प्लास्टिक, प्लाइउड तथा अन्य बल्ने किसिमका सामानहरु रहेकोले आगो फैलिएको र नियन्त्रणमा निकै समस्या भएको प्रहरीको भनाइ छ । आगो लागेको घर भने क्षतिग्रस्त भएको छ । अन्य सबैको प्रयासले अन्य घरमा आगो सल्किन पाएन ।

आगलागीबाट करोडभन्दा बढीको क्षति भएको र क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
विद्युत सर्टको कारण आगलगी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...