Saturday, March 31, 2018

टप मोडल बेल्जियम सिनियर २०१६’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली युवती योगिता थापा

योगिता थापा,२९ देखि ४० वर्ष उमेर समूह अन्तर्गत ‘टप मोडल बेल्जियम सिनियर २०१६’को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली युवती हुन्। बेल्जियममा लामो समयदेखि बसोबास गर्दै आइरहेकी योगिता थापाले नयाँ दिल्लीबाट फेसन डिजाइन र मलेसियाबाट ब्युटी कोर्समा स्नातक गरेकी छिन्।

उनले युरोपमै छायांकन गरिएको गायक ओमविक्रम विष्टको ‘आवाज देऊ..’, र गायिका दिव्य ज्योति विष्टको ‘नआऊ नजरमा…’बोलको गीतसगैं अन्य एक दर्जन बढि गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन्। नेपाली चलचित्रकी अभिनेत्री बन्ने मनसाय बनाएकी योगिताले बेल्जियमकै कलाकार डिजे रोक्सले तयार गरेको म्युजिक भिडियोमा पनि उनी देखिएकी छिन्। व्यवसाय र मोडलिङ बाहेक योगिताको अर्को रुचि सामाजिक सेवा हो।

बेल्जियम स्थित कलाकारहरुको स‌ंस्थामा आवद्ध उनी लुम्विनी कपिलवस्तु अभियानमा पनिसंलग्न छिन्। साथै, गैर आवासीय नेपाली स‌ंघ वेल्जियमको उपाध्यक्षको पदमा निर्वाचित पनि भएकी छिन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...