Thursday, March 1, 2018

नेपाल सरकारले अमेरिकन कामदार ,बिद्यार्थी तथा संचार कर्मीलाई निम्न दस्तुर तथा लामो समय सम्मको प्रवेश आज्ञा दिने

अमेरिकन राजदुताबासले एक छापा बिज्ञप्ति निकाली नेपाल सरकारले अमेरिकन कामदार ,बिद्यार्थी तथा संचार कर्मीलाई निम्न दस्तुर तथा लामो समय सम्मको प्रवेश आज्ञादिने कुरामा सहमति भएको उल्लेख गरेको छ ।

गत फेब्रुअरी २६ तारिखमा प्रकाहित छापा बिज्ञप्तिमा उक्त कुरा जनाएको हो । अमेरिकन सरकार ले खुशी व्यक्त गर्दै उक्त सम्झौता गत जनवरी १ तारिख बाट लागू हुने समेत उल्लेख गरेको छ ।

नेपाल सरकार अध्यागमन बिभागले नेपालको यात्रामा आएका अमेरिकन कामदार ,बिद्यार्थी तथा संचार कर्मीलाई यस्तो समय तथा दस्तुर लिने जनाएको छ ।

अमेरिकन कामदार या काम गर्ने लाई ३ बर्षको लागि $ १ सय ९० डलर दस्तुर लिने भएको छ भने बिद्यार्थीहरुका अलागी ५ बर्षको लागि $ ३ सय ६० डलर दस्तुर राखेको छ । यसै गरि संचारकर्मीलाई ५ बर्ष सम्म को लागि केवल $ १ सय ६० डलर दस्तुर राखिएको छ ।

माथि उल्लेख गरिएका समय अवधि तथा दस्तुर केवल अमेरिकन नागरिकको लागि मात्र लागू हुने छ । चाहे नवीकरणको लागि होस् या या पहिलो पटक निवेदन दिनेलाई उक्त समय अवधि प्रदान गर्ने तथा दस्तुर लाग्ने अमेरिकन दुताबासले जनाएको छ ।

यसको साथै अध्यागमन विभागले यात्राको लागि मासिक दस्तुर हटाएको छ । र यसको बिस्तृत जानकारी लिन नेपाल अध्यागमन बिभाग बाट लिन सकिने छ ।

यसको साथै पर्यटक प्रवेश आज्ञामा आएकाले काम गर्न तथा स्वयम् सेवक अनुमति पाउने छैन । यसो गरेमा कारागार ,देश निकाला तथा नेपाल आउन समेत प्रतिबन्ध तथा गहकिलो जरिवाना लगाइने समेत उल्लेख गरेको छ ।

http://www.nepalimmigration.gov.np./

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...