Wednesday, March 28, 2018

अमेरिकामा एक बृद्ध महिलाको बिहे रुख संग

अमेरिकाको फ्लोरिडा राज्यमा एक महिलाले रुख संग बिहे गरेकी छिन् । ६० बर्षिय करेन कुपर नामकि उक्त महिला ले एक सय बर्ष पुरानो उक्त रुख नकाटीयोस भन्ने हेतुले उक्त बिबाह गरेकी हुन् ।

गत गत मार्च २४ तारिख फिकस (अन्जिर)को रुख संग गरेकी हुन् । फ्लोरिडा को फोर्ट मायर्स को स्नेल पारिवारिक उद्यानमा उनले अन्य समुदाय मानिस लाई साक्षी मान्दै बिहे गरेकी हुन्

उक्र रुख त्यस उद्यान को सहन शान भएकोले रुखलाई बेहुला मान्दै करेन बेहुली बनेकी हुन् । छर छिमेकि सबैले उक्त रुख लाई सुरक्षित राखून भन्ने संदेश दिने उद्धेश्यले अनौठो कार्य गरेकी हुन्

जव नगर पालिकाले उक्त रुख काटे भन्ने सुने पछि आफु ४० बर्ष देखि त्यही क्षेत्रमा बसोबास गर्ने भएकोले मनोरंजन गर्दै केही चिजको लागि गम्भीर भएको उनले एबिसी समाचारलाई अन्तर्वार्ता दिएकी छिन् ।

बिहे हुँदा बेहुला तथा बेहुली को दुवै हस्ताक्षर चाहिने हुन्छ तर रुख को तर्फ बाट कुनै हस्ताक्षर भएको छैन ।

स्मरण रहोस ,अमेरिकामा पुरुष पुरुष ,महिला महिला ,मानिस तथा जनावर को बीच बैबाहिक सम्बन्ध हुन्छ र गरिन्छ । यी महिला रुख संग बिहे गर्ने पहिला हैनन् । बिगतमा पनि रुख संग बिहे गर्ने महिलाहरु छन् ।

तस्बिर कृतज्ञता : एबिसी न्युज

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts