त्रिशूली(नुवाकोट), १ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले खेलकुदको विकास र विस्तारका लागि राज्यको लगानीको खाँचो रहेको बताउनुभएको छ ।
दुप्चेश्वर गाउँपालिकाको आयोजनामा दुप्चेश्वर–३ राउतबेंसीमा भएको प्रथम दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै पूर्वअर्थमन्त्री डा महतले खेलकुद क्षेत्रबाट पनि राज्यको आम्दानीको क्षेत्र विस्तार गर्न सकिन्छ भन्नुभयो ।
प्रतियोगितामा सात जिल्लाका १४ टोलीको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । यही चैत ४ गतेसम्म हुने प्रतियोगितामा नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, काठमाडौंँ, बाजुरा, स्याङ्जा र ललितपुरबाटसहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई रु एक लाख र दोस्रो हुनेलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । सिन्धुपाल्चोक ‘ख’ र बाजुराबीच आज भएको खेलमा सिन्धुपाल्चोक ‘ख’ तथा बालकुमारी क्लब र सिन्धुपाल्चोक ‘क’बीच भएको खेलमा बालकुमारी ‘क’ विजयी भएका छन् । यस्तै कालिका युवा क्लब र पञ्चकन्या गाउँपालिकाबीचको खेलमा कालिका क्लब विजयी भएको छ ।
Thursday, March 15, 2018
राष्ट्रिय भलिबल प्रतियोगिता शुरु
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment