Tuesday, March 6, 2018

अमेरिकाको वेस्ट भर्जिनिया राज्यका शिक्षकहरुका हडताल समाप्त भोलि देखि बिद्यालय लाग्ने

मार्च ६ ,अमेरिकाको वेस्ट(पश्चिम) भर्जिनिया राज्यका शिक्षकहरुले तलव बढाउनु पर्ने भनि राखेको मागलाई आज गभर्नर जिम जस्टिसले ५ प्रतिसतले वृद्धिको घोषणा गर्दै हड्ताल समाप्त गरि दिएका छन् ।

पश्चिम भर्जिनियामा गत फेब्रुअरी २२ तारिख देखि शिक्षक द्वारा राज्यमा गरिएका हड्ताल गभर्नरले हस्ताक्षर गर्दै बिद्यालयका हड्तालमा बसेका शिक्षक तथा कर्मचारीको तलब मा वृद्धि भएको हो ।

गभर्नरले घोषणा गरे पछि राज्यका सबै बिध्यालयहरु भोलि बुधबार देखि संचालनमा आउने शिक्षक संघकि प्रतिनिधि क्रिस्टिन क्याम्पेल ले बताइन । पश्चिम भर्जिनिया का सांसद तथा सिनेटले सर्वसम्मतिले बिधेयक पारित गरि गभर्नरले समेत हस्ताक्षर गरेका छन् ।

अमेरिकाको अन्य राज्य भन्दा सवै भन्दा कम तलव भएको पश्चिम भर्जिनियामा बिगत ४ बर्ष देखि तलव वृद्धि भएको थिएन । २२ हजार शिक्षकले एकै पटक कक्षा कोठा बाट निस्केर गत फेब्रुअरी २२ देखि हड्ताल सुरु गरेका थिए । उनीहरुले उच्च तलव ,राम्रो सुबिधा तथा कर्मचारी स्वास्थ्य बिमा को पनि माग गरेका थिए भनि सिएनएनले समाचार लेखेको छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...