Saturday, March 3, 2018

व्हाइट हाउस अगाडि एक व्यक्ति द्वारा आफै माथि बन्दुक प्रहार : ताजा समाचार

मार्च ३ , केहि समय अगाडि व्हाइट हाउस अगाडि एक व्यक्ति द्वारा आफै माथि बन्दुक प्रहार गरेको ताजा समाचार छ । व्हाइट हाउस गुप्तचर सेवाका एक व्यक्तिले आफैले चलाएको बन्दुक बाट घाइते भएका उक्त व्यक्ति को बारेमा प्रतिउत्तर दिदै सामाजिक संजाल ट्वी टर मा लेखेको समाचार सिएनएन ले संक्षेपमा समाचार लेखेको छ ।

उक्त व्यक्तिले उत्तर बारमा यस्तो गरेका हुन् भने राष्ट्रपति डोनाल्ड ट्रंप यति खेर फ्लोरिडा यात्रामा रहेका छन् । उपसचिव होगन गिड्ले ले यस बारेमा थाहा भएको जानाकारी दिदै राष्ट्रपतिलाई यस बारेमा अवगत गराईएको जनाएका छन् ।

यसै गरि गुप्तचर सेवाले सामाजिक संजालमा अन्य कोही पनि घाइते नभएको बताएका छन् । घाइते भएका उक्त व्यक्ति ले एक पटक मात्र प्रहार गरेओ तर त्यसको जवाफमा गुप्तचर सेवाका अधिकारीले कुनै गोलि प्रहार नगरको जानकारी गुप्तचर सेवा कि प्रवक्ता क्याथी मिलहोन ले दिएकि छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...