Thursday, March 15, 2018

हिन्दी राष्ट्रिय भाषा हुनै सक्दैनः नेता मैनाली

दाङ, १ चैत :नेकपा (माले)का महासचिव सिपी मैनालीले मधेसको समस्याबाट वर्तमान प्रधानमन्त्री केपी ओली भाग्न खोजेको आरोप लगाउनुभएको छ ।

तुलसीपुरमा आज भएको नेकपा (माले)को राष्ट्रिय परिषद् अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मधेसी दलहरुले उठाएको मागलाई प्राविधिक तवरले समाधान गर्न केपी शर्मा ओलीको सरकार लागेको बताउनुभयो ।

उहाँले एक मधेस एक प्रदेश र हिन्दी भाषा राष्ट्रिय भाषा हुनै नसक्ने तर्क गर्नुभयो ।
मैनालीले संविधान र कानुनी प्रक्रियाबाट मधेसको समस्या समाधान हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

आजदेखि शुरु भएको अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...