Tuesday, March 20, 2018

राष्ट्रपति ट्रम्प संग प्रेम सम्बन्ध भएको करेन नामकि महिलाको खुलाशा तथा मुद्धा दायर

 

अमेरिकाको राष्ट्रपति बाट यौन उत्पीडन,यौन शोषण तथा पीडित भएको दावी गर्ने महिलाहरुले गरि खान नदिने छाट देखिने भएको छ । महिला सम्बन्धि किचलोको अध्याय समाप्त होला भन्यो फेरी मुसाको दुलो बाट फुत्त मुसो निस्किए झैँ फुत्त एउटा महिला देखिन्छन ।

फेरी त्यो सेलाउन पाउदैन फेरी अर्की महिला दावी गर्दै मुद्धा दायर गरेर ठुलो रकमको मांग गरिएको अवस्थाले वर्तमान राष्ट्रपति लाई कायल बनाई रहेको अवस्था छ ।

यसले उनको र उनको दललाई कतिको नोक्सान पुर्याउछ त्यो समयले भन्ने छ । आज मार्च २० तारिख मंगलबार भूतपूर्व प्लेबोय मोडल (नमुना )करेन मकडुगल ले राष्ट्रपति संग प्रेम चक्कर भएको दावी गरेकी छिन् ।

यति मात्र हैन उनको केटा साथीले राष्ट्रपति संग ९ महिना प्रेम सम्बन्ध भएको र केही लेनदेन पछि चुप लगाईएको समेत बताएका छन् । यो समाचार सर्व प्रथम न्यु योर्क टाइम्सले प्रकाशित गरेको हो ।

व्हाइट हाउसले यस अघिकि अश्लिल चलचित्र कि नायिका स्ट्रोमी डेनीएल्स तथा पछिल्लो करेन मक डोगल को बारेमा कुनै प्रतिकृया दिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्प अझ पनि यो झुटा आरोप भएको बताई रहेका छन् । करेनले आफ्नो प्रेम सम्बन्ध रहेको खुलासा गर्दै मुद्धा दायर गरेकी हुन् ।

न्यूयोर्क टाइम्सका अनुसार २०१६ मा गैर भण्डाफोर (नन डिसक्लोजर )सम्झौताको कुरा उठाउने उनि दोश्रो महिला भएकी छिन् । तर करेनले मुद्धा अमेरिकन मिडिया इन्क लाई हाल्ने भएकी छिन् ।

वर्तमान राष्ट्र पी डोनाल्ड ट्रम्प सन् २०१६ मा राष्ट्रपतिका उम्मेदवार बने देखि उनलाई दर्जनौ महिलाले यौन उत्पीडन गरेको आरोप लगाए । झन् निर्वाचन नजदिक आउदै गयो ,त्यतिनै महिलाहरु सामाजिक संजालमा अन्तर्वार्ता दिने र यौन उत्पीडन भएको दावी गरे । कुनै पनी दावी र आरोपले राष्ट्रपतिका उम्मेदवारलाई छोएन । राष्ट्रपतिले सवै झुट्टा बताए र शानदार संग डोनाल्ड ट्रंप राष्ट्रपति चुनिए ।

उनि एक सफल ब्यबसायी हुन् ,व्यवसायी भएको नाताले उनले लाखौ डलर मुख्य प्रायोजन /सौजन्य समेत गर्ने भएकोले उनि कलाकार ,नमुना महिला संग नजदिक रहेको सर्वबिदितै छ । अन्य राष्ट्रपतिलाई यस्तो आरोप लागेन । तर यसरी खुरन्दार तरीकाले गर्ने यसै बिषयमा राष्ट्रपति ट्रम्पलाई मात्र टाउको दुखाई किन भएको छ ?

केही दिन अगाडी मात्र अश्लिल चलचित्र कि कलाकार स्ट्रोमी डेनीएल्स लाई $ १ लाख ३० हजार डलर बिधुतिय डाक मार्फत दिएको प्रकाशित समेत गरेको थियो ।

३९ बर्षिय स्ट्रोमी अमेरिकन अश्लिल चलचित्र कि कलाकार ,स्क्रिन (चित्रपट लेखिका ) तथा निर्देशक पनि हुन् । स्ट्रोमी डेनीएल्स सन् २०१६ को कै चुनाव हुनु केही हप्ता अगाडी उक्त कुरा उठाएकि थिइन् ।

स्मरण रहोस ,अमेरिका अन्य मुलुक भन्दा फरक जस्तो भएकोले चुनावको समयमा यस्ता यौन प्रकरण र काण्डमा उम्मेदवार मुसिए पनि त्यस्ता झुटा आरोप भनि उम्मेदवारले बिजयी हासिल गर्दछन । तर अन्य मुलुकमा यस्ता कुराले ठुलो असर परि उम्मेदवार हार्दछ तर अमेरिकाका जनतालाई यसले असर पार्दैन ।

तस्बिर :न्युयोर्क टाइम्स कृतज्ञता

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...