Tuesday, March 6, 2018

संघीयता सफल कार्यान्वयन वर्तमानको आवश्यकता : मन्त्री चुमान

पोखरा, २२ फागुन : प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संघीयता कार्यान्वयन वर्तमानको आवश्यकता भएको बताउनुभएको छ ।

तमु ह्युला छोजधिं गुरुङ राष्ट्रिय परिषद् नेपालद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले लामो समयको संघर्षको जगमा प्राप्त संघीयतालाई संस्थागत गर्ने दायित्व प्रदेश सभा सदस्यकै काँधमा रहेको उल्लेख गर्नुभयो ।

संघीयता कार्यान्वयसँंगै मुलुकका विविधतालाई सम्बोधन गर्न सकिने उल्लेख गर्र्दै उहाँले भन्नुभयो, “यसलाई सबै जातजाति, धर्म, पेशा र वर्गका मानिसले अपनत्व महसुश गर्ने बनाउनुपर्छ ।”

नेकपा एमालेका अञ्चल सचिव एवम् प्रदेश सभा सदस्य मायानाथ अधिकारीले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउन सके मात्र जनताले वास्तविक संघीयताको अनुभूति गर्ने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका नेता एवम् प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न वामगठबन्धनलाई आग्रह गर्दै आफूहरु रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...