Wednesday, March 14, 2018

बिमान कम्पनीले सह-चालिकाको जम्मामा बिमान पठाएको खुलसा, पाइलटले राजीनामा दिइसकेको दाबी(भिडियो सहित)

त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनाग्रस्त बनेको युएस बंगला विमानका पाइलट अबिद सुल्तानले नेपालमा उडान भर्नअघि राजीनामा दिएको समाचार बंगादेशको एक अनलाइनले प्रकाशित गरेको छ ।  प्रोथोमालो डटकमको अंग्रेजी संस्करणमा छापिएको उक्त समाचारमा सुल्तानका साथीहरुलाई उद्द्धृत गर्दै सो समाचार प्रकाशित गरेको हो ।
‘नेपालमा उडान भर्न अघि इमेलबाट सुल्तानले युएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएका थिए,’ साथीहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । उनको साथीका अनुसार विमान कम्पनीले भने उनको राजीनामा स्वीकृत गरेन । पाइलट अबिद सुल्तान र को पाइलट प्रिथुला रसिद दुर्घटनामा मारिएका ५१ जनामध्येका रहेका छन् ।
यता, युएस बंगलाका पब्लिक रिलेसन सेक्सनका प्रबन्ध निर्देशक कामरुल इस्लामले भने पाइलटले राजीनामा पत्र पठाएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘ यद्यपि, पाइलटले प्लेन उडाउँदिन भने भन्न पाउँछ,’ कामरुलले भने ।
सुल्तानका साथीहरुका अनुसार युएस बंगला एयरलाइन्सका एक उच्च अधिकारीले दुई महिनाअघि कम्पनी छाडेर इथोपिएयन एयरलाइनसमा काम शुरु गरेका थिए । सुल्तानसँग नजिक रहेका उनले सुल्तानलाई त्यही एयरलाइन्समा जागिर मिलाएका थिए । हेर्नुहोस सुल्तानले राजीनामा दिएपछी सह पाइलटले उडाएकी थिइन बिमान l के दुर्घटनामा ज्यान गुमाएका भनिएका पाइलट सुल्तान जीवितनै छन् त हेर्नुहोस वास्तविकता

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...