Tuesday, March 20, 2018

उच्च शिक्षाको सपना बोकेका समिरले जापानमा औला गुमाए

 

उच्च  शिक्षाको ठूलो सपना संगालेर जापान छिरेका एक नेपालीको मेशिनमा परेर देब्रे हातका औंला गुमेका छन् ।

२०१५ को अपि्रल महिनामा जापान आएका सिद्धवन, स्याङ्जाका समिर बोगटीको रामेनको मेशिन सफा गर्दै गर्दा देब्रे हात मेसिनमा परेपछि तीनवटा औंला काटिएका हुन् घटना फेब्रुअरी ५ तारिखका दिन ४ः३० बजेतिर भएको अस्पतालको शैय्याबाटै बोगटीले सुनाए ।

फुकुओकाको हाकाताकु निशीहारु माची बस्दै आएका बोगटी एक महिनादेखि फुकुओका तोकुसुकाई अस्पतालमा उपचारत छन् । उनको हालसम्म तीन पटक अप्रेशन गरिसकिएको छ । बोगटी भाषा अध्ययन सकाएर तीन वर्षे कोर्षअन्तर्गत कम्प्यूटर सेन्मोन स्कुलमा अध्ययनरत थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...