Saturday, March 10, 2018

कला प्रदर्शनीमा कविता वाचन

काठमाडौँ, २६ फागुन : जमलस्थित सांस्कृतिक संस्थानमा जारी ‘काठमाडौँ कला प्रदर्शनी’मा आज मूर्तिकला अवलोकन गरेर सिर्जित कविताको वाचन गरिएको छ ।

नेपाल ललितकला मञ्च र जनसाहित्यिक मञ्च नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा २८ कविले चित्रकला र अन्य विषयमा आधारित समसामयिक कविता वाचन गर्नुभयो ।

कविता वाचन गर्नेमा राम विनय, डा देवी नेपाल, डा विन्दू शर्मा, डा पुष्करराज भट्ट, रमेश श्रेष्ठ, जंग पहाडी, राममणि ढुंगेल, सुरेश हाँचेकाली, प्रेम सिलवाल, यशोदा अधिकारी, फूलमान वल, प्रकाश सिलवाल, बैरागी जेठा, मधु पोखरेल, जयन्ती स्पन्दन, संगीता साह, भुवन थापा, राजु पिठाकोटे, नारायण निराशी, मिसन अधिकारी, होमराज श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

नेकपा (एमाले) केन्द्रीय संस्कृति विभागका पूर्वप्रमुख वाचस्पति देवकोटाले प्रगतिशील चिन्तन र राष्ट्रवादी सोचका साथ कला सिर्जना हुनुपर्नेमा जोड दिनुभयो ।

समालोचक केशव सुवेदीले रुप पक्षमा मात्र नभई सार पक्षमा पनि प्रगतिशील हुनु स्रष्टाका लागि चुनौतीपूर्ण भएको बताउनुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासंघका महासचिव एवं सांस्कृतिक संस्थानका सञ्चालक सदस्य प्रेमनाथ अधिकारीले यस्ता सिर्जनात्मक कार्यक्रममा आफूहरुको सहकार्य निरन्तर रहने बताउनुभयो ।

यही फागुन १९ गते रक्षामन्त्री ईश्वर पोखरेलद्वारा उद्घाटन भएको प्रदर्शनी यही २८ गतेसम्म चल्नेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...