Thursday, March 15, 2018

जनताका समस्या समाधानमा सरकार केन्द्रित छ : मुख्यमन्त्री भट्ट

धनगढी, १ चैत : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न कानूनको निर्माण र जनताका दैनिक आउने समस्या समाधानमा प्रदेश सरकार केन्द्रित हुने बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आज यहाँ गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले कानून बनाउने, सुशासनको अनुभूति गराउने र भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथमिकताको विषय भएको स्पष्ट पार्नुभयो ।

उहाँले प्रदेशको नामकरण र स्थायी राजधानीको विषयमा छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले परिवर्तनको अनुभूति गराउने गरी काम अघि बढाउन लागेको छ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...