Monday, March 12, 2018

किन चुप छन् केपी ओली र विद्यादेवी भण्डारी, को हुन् मदनका हत्यारा? -हेर्नुस् भिडियो

मनमा जवरजस्त र स्वभाविक एउटा जिज्ञासा उठ्यो । “विद्यादेवी भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ पनि किन खोजिदैन जननेता मदन भण्डारीको हत्यारा ?” अहिलेकी राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति उनै मदनकी जीवनसंगीनी र राजनीतिक सहयात्री विद्यादेवी भण्डारी छिन् भने मुलुकको सवै भन्दा शक्तिशाली व्यक्ति उनै मदनका राजनीतिक सहकर्मी केपी शर्मा ओली छन्।

प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत हुन्। ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु। आज ओली मात्रै नभएर विद्या समेत राज्यको सर्वोच्च पदमा छिन्।

प्रश्न उठ्नु स्वभाविक छ– के मदन भण्डारीका हत्यारा पत्ता लाग्लान ? मदनको हत्याले सवै भन्दा बढी असर कसैलाई परेको थियो भने यीनै राष्ट्रपति विद्यादेवीलाई परेको थियो। मदनका हत्यारा पत्ता लगाएर कारवाही गराउन उनको मनले नखोजेको त पक्कै होईन। तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन ? फेरी उही प्रश्न आयो मनमा ।

मनमा एकोहोरो पटक पटक आईरहेको प्रश्नको उत्तर खोज्न एमालेकै केही नेता र विश्लेषक तथा पत्रकारहरुसंग जिज्ञासा राखेँ। तर उत्तर पाउन सकिन। उनीहरु पनि नाजवाफ पाएँ। उनीहरुमा पनि प्रश्नप्रतिको स्वभाविकता देखिएपनि उत्तर नभेटिएको अस्वभाविकता पनि झल्कीयो।

बाकि हेर्नुस् भिडियोमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...