Monday, March 5, 2018

काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौँ, २१ फागुन : नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ ।

केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts